तादी गाउँपालिकाको बजेट ३० करोड ९५ लाख ४४ हजार

1106
views

नुवाकोट । तादी गाउँपालिका नुवाकोट खरानीटारले आगामी आ.व. ०७६÷०७७ का लागि ३० करोड ९५ लाख ४४ हजारको बजेट सार्वजनिक गरेको छ ।

आन्तरिक स्रोततर्फ बिभिन्न कर तथा शुल्क संकलनबाट रु. १ करोड ६ लाख ९३ हजार । गतबर्षको मौज्दातबाट रु ५० लाख गरी रु १ करोड ५६ लाख ९३ हजार अनुमान गरिएको छ । त्यसै गरी राजस्व बाँडफाँड (केन्द्र, प्रदेश र जिल्ला) बाट ६ करोड ७४ लाख ५५ हजार, बित्तीय समानीकरण अनुदान (प्रदेश तथा केन्द्र) ८ करोड ७९ लाख ३६ हजार र सशर्त अनुदान (प्रदेश तथा केन्द्र) बाट १३ करोड ८४ लाख ६० हजार प्राप्त हुने अनुमान पेश गरेको छ ।

त्यसैगरी ब्ययतर्फ चालु प्रशासनिक खर्च ३ करोड ८८ लाख ३३ हजार, पुँजीगत प्रशासनिक खर्च २ करोड ७० लाख, वडा स्तरीय कार्यक्रमहरुको लागि ३ करोड ३० लाख, गाउँपालिकास्तरीय योजनाको लागि ७ करोड ८४ लाख ५० हजार खर्च हुने अनुमान पेश गरेको छ । यसका साथै सशर्त तर्फको रु १३ करोड, ८४ लाख, ६० हजार तोकिएर आए बमोजिमका कार्यक्रममा खर्च गर्नेगरी ब्ययअनुमान पेश भएको थियो ।

गाउँपालिकाको योजनातर्जुमा गर्दा आर्थिक विकास सम्वन्धी नीतिहरुमा कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्र र बाह्य क्षेत्रत्यस्तै गरी सामाजिक विकासमा शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति, प्रवद्र्धन तथा सरसफाई खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण । पुर्वाधार विकासमा स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास उर्जा सञ्चार, वातावरण तथा विपद ब्यवस्थापनमा बजेट विनियाजन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत अशोक विष्टले बताए ।

विष्टले वनतथा भू – संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण र जलवायु परिवर्तन, फोहरमैला तथा ढल व्यवस्थापन, विपदव्यवस्थापन, त्यस्तै संस्थागत विकासतर्फ सेवाप्रवाह र सुशासन, सामान्य सेवा, सुरक्षा व्यवस्थान, सूचना प्रविधि पञ्जिकरण, स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन, सुशासन प्रवद्र्धन, अनुसन्धान, विकास र विविध नीतिहरु अवलम्वन गरिएको बताए ।