दुप्चेश्वरको बजेट ३३ करोड, एक घर चार भैंसी

457
views

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार सभामा उपाध्यक्ष अञ्जु आचार्यले ३३ करोड ८ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । बजेटको चालुतर्फ ४ करोड ८५ लाख ६३ हजार ७ सय ५० र पूँजीगततर्फ १४ करोड ५६ लाख ९१ हजार २ सय ५० रहेको छ ।

बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकता दिइएको छ । आर्थिक वर्षमा कृषि पकेट क्षेत्रहरु घोषणा, एक घर पाँच फलफुलका विरुवा कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनले एक वडा एक कृषि प्राविधिक, एक घर ४ भैसी कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।

बजेटमा स्वास्थ्य संस्थामा प्रसुति, सुरक्षित मातृत्वको प्रत्याभूति र गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम अघि सारिएको उपाध्यक्ष आचार्यले बताइन् ।

पर्यटन, शिक्षा, उर्जा तथा जलविद्युतको क्षेत्रलाई जलविद्युत हवको रुपमा विकास गर्न आवश्यक कार्ययोजना बनाई संचालनमा ल्याइने अध्यक्ष तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।