‘गलबन्दी’ विवाद सुल्झ्यिो, सपुत र राईबीच सहमति

668
views

काठमाडौं– पछिल्लो समय लोकप्रियसँगै विवादमा परेको ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ । उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

‘गलबन्दी’ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ । राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ ।

सपुतको ‘गलबन्दी च्यातियो’ बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चर्चा भएको थिया । राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए ।

राईले लयको दुईलाईन भन्दापनि सिष्टम बसाल्न भन्दै भिन्नि निकायमा उजुरी दिएका थिए ।