पर्वत कारागारमा लागू औषध

942
views

पर्वत । जिल्ला कारागार पर्वतमा लागू औषध दुरुपयोग तथा ओसारपसार कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला कारागार पर्वतको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा जिल्ला कारागार पर्वतमा लागु औषध सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले लागू औषधबारे सबैजना सचेत हुनुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लागू औषध दुरुपयोग तथा ओसारपसार बारे जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता स्वतन्त्र न्यौपाने, जिल्ला अस्पताल पर्वतका चिकित्सक बिष्णु भण्डारी, जिल्ला अस्पताल पर्वतका स्वास्थ्यकर्मीहरुले लागू ओषध ओसार पसार बारे मन्त्वइ व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध सचेतनाको लागि तयार पारेको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।

कारागार भित्र रहेका ८५ जना कैदीवन्दीहरुसहित एकसय पाँचजना जना सहभागी रहेको कार्यक्रमको सहजीकरण जिल्ला कारागार पर्वतका जेलर चिरञ्जीवी बरालले गरेका थिए ।