महिला केन्द्र भवन निमार्णको लागि सहयोग

643
views

काठमाण्डौ, १२, असार । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा टोखा झोरमहाँकालमा महिला केन्द्र निमार्णको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

काठमाण्डौंको मनमैजु शाखाद्धारा प्रवद्र्धित शिवपुरी महिला केन्दलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । आज बिहिवार एक कार्यक्रमको आयोजना गरी मनमैजु अनुगमनका अनुगमन अधिकृत कमल घिमिरेले सो रकम हस्तान्तरण गर्नु भएको हो । सो रकम महिलाहरुको केन्द्र घर निर्माण गर्नको लागी संस्थाले शिवपुरी महिला केन्द्र मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनुगमन अधिकृत घिमिरेले संस्थाले आफ्ना ग्राहकहरुको हितमा रहि बिभिन्न सहयोग गर्दै आएको र समाजको बिकास गर्नुपर्छ भन्ने मान्यतामा संस्थाले बिभिन्न सामाजिक उत्तरदायित्वलाई सदैव उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । त्यस्तै, शाखा प्रबन्धक रमिला श्रेष्ठले ग्रामिण तथा शहरोन्मुख इलाकामा बसोबास गरीरहेको महिलाहरुको समूहमार्फत कार्य गर्दा आर्थिक तथा सामाजिक बिकासमा परिवर्तन आएको बताउनुभयो ।

कार्यक्रममा शिवपुरी महिला केन्द्रका केन्द्र प्रमुख ज्ञानु तामाङले लघुवित्तमार्फत समूहमा आबद्ध भएर महिलाहरुले बिभिन्न ब्यावसायिक क्रियाकलापलमा लाग्नुपर्छ भन्ने आभास भएको साथै आफू र परिवारलाई पनि आर्थिक दृष्टिकोणले पनि सहयोग पुगेको बताउनुभयो । त्यस्तै,फाइनान्सले बिभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग पु¥याउदै आएको र बिभिन्न महिलाहरुको उत्थानमा समेत टेवा पु¥याएकोमा आभार प्रकट गर्नुभयो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५२ जिल्लामा ९६ शाखा कार्यालय मार्फत ग्रामिण तथा शहरोन्मूख भेगहरुमा बित्तीय पहुच बिस्तार तथा साक्षरता अभिबृद्धि सहित लघुवित्त सेवा प्रदान गर्दा आइरहेको छ ।