धौलागिरीमा नमुना आवासिय माविकी सुजिता शर्मा प्रथम

6272
views

पर्वत । यसबर्षको एसईई परिक्षाको नतिजा विहिबार सार्वजनिक भएको छ । गण्डकी प्रदेशको धौलागिरीमा पर्वतमा रहेको नमुना आवासिय मावि कुश्माकी सुजिता शर्मा छात्रातर्फ ३.९५ जिपिए ल्याई धौलागिरी प्रथम भइन् ।

गतवर्ष गण्डकी प्रदेशमै प्रथम भएको थियो । यसबर्षको एसईईमा नमुना आवासिय माविबाट ७० जना परिक्षार्थी सहभागी भएका थिए ।

जसमा २४ जना विद्यार्थी ए प्लस, ३० जना ए, १३ जना वि प्लस र ३ जना विद्यार्थी वि ग्रेडमा उत्तिर्ण भएको अध्यक्ष यम प्रसाद शर्माले जानकारी दिए ।