सिरहाको बर्यापटि भन्सारबाट अबैध सामान बरामद

1007
views

महेश सिंह महतो
सिरहा १३ असार । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको सम्मान प्रहरीले बरामद गरेको छ । सिरहाको बर्यापटि भन्सारबाट खटिएको भन्सार टोलिले ठुलो मुल्य बराबरको सम्मान बरामद गरेको छ ।

तस्करले प्रयोग गरेको साधन स.९ प.२७४३ नम्बरको टिभिएस १२५ सिसीको स्टागर मोटरसाईकल र सम्मान सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

तस्करले प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएको प्रहरीले जनाएको छ । भन्सार र जनपथको घुमुवा टोलिले उक्त परिमाणको सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरु, चिनी १ बोरा, प्रुुटी ६ बन्डल लगायत सामानहरु बरामद गरेको हुन । बरामद भएको सामान भन्सारमा राखिएको छ भने तस्करको खोजीकार्य भैईरहेको नेपाल प्रहरीका सई सुरेन्द्र झा र श्याम बहादुर पटेलले जानकारी दिए ।

एक लाख पाँच हजार छ सय मुल्य बराबरको सरसामान बरामद भएको भन्सार सहायक चन्द्रकान्त झा ले बताएका छन् । सिरहामा तस्करहरु बिगबिगि ह्वात्तै बडेको देखी छ ।