संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

696
views

काठमाडौं । संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिका १ ह्वाङलामा सोमबार बिहान साढे ९ बजेतिर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभामन प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले पुष्टि गरे ।

बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको बताइएको छ ।