पल्सर स्पोर्टस् अवार्ड आज हुँदै

576
views

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा आज हुने पल्सर स्पोर्टस् अवार्ड आठ विधामा वितरण गर्न लागिएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा आज अवार्ड वितरण गरिन लागिएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा दिउँसो साढे २ बजे अवार्ड कार्यक्रम सुरु हुँदै छ ।

वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डले सम्मान गर्न लागिएको हो ।

यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।