अबको शक्ति ‘मातृभूमिका लागि नेपाली’

519
views

– यज्ञ बहादुर थापा
‘मातृभूमिका लागि नेपाली’ देशभक्त आम नेपालीहरूको साझा राष्ट्रिय राजनीतिक संस्था हो । यो कुनै दल वा राजनीतिक पार्टी हैन । यसले कुनै राजनीतिक दललाई समर्थन गर्दैन । न त आफू नै आम जनतासंग चुनावी भोटको अपेक्षा गर्दछ । तर, आम जनतालाई राष्ट्रियता जागरण पैदा गर्न, हिन्दू राज्य पूनः स्थापनार्थ जन–जागरूकता पैदा गर्न, राज्यले थेग्न नसक्ने कथित संघीयताको विकल्पमा स्थानीय तहमा अधिकार सम्पन्न एकीकृत केन्द्रिय सत्ता स्थापना र धार्मिक सहिष्णुतामा आधारित हिन्दू धर्म रक्षार्थ एकताको प्रतिक कायम गर्न लगाउन, भ्रष्टाचार, अनियमितता, विकृति, विसंगति, लुट, कमिसन विरूद्ध सुशासन, पारदर्शिता र सर्वसाधारणमा सर्वसुलभ न्यायको पहुँच पु¥याउन यो संस्थाको उदय भएको हो । समग्रमा यो संस्था राज्य शक्तिको विकल्प हो ।

स्वाधीन, स्वाभिमान तथा समृद्ध मूलुक निर्माण गर्न हामी नेपालीहरू प्रतिबद्ध नै छौं । एकाध लेण्डुपहरूले विदेशीको इशारामा चलखेल गरेकै कारण नेपाल र नेपालीले पछौटे मात्र होइन राष्ट्रियता नै संकटमा फंस्दै गइरहेको छ । देश विभिन्न शक्ति राष्ट्रहरूको इशारामा चल्न थालेको छ । कथित बहुदलिय ब्यवस्थाको जवर्जस्त प्रवेशसंगै राष्ट्रिय स्वाभिमान गिर्दै गएको छ । पछिल्लो कालखण्ड २०६३ पछि नेपालमाथि युरोपियन शक्ति हावि हुन थाल्यो । विभिन्न एन.जि.ओ. आई.एन.जि.ओ मार्फत इशाइ धर्म प्रचार र नेपालको प्राकृतिक सम्पदामाथि नै गिद्धे नजर पर्न थाल्यो । कुनैपनि राष्ट्रिय योजना बन्न नदिने र बनेका योजनाहरू सफल हुन नदिने हरकतहरू बने र यद्यपि बनिरहे । स्वाभिमानी विरासतमाथि आँच पु¥याउने काम आजबाट मात्र होइन विशाल नेपालको निर्माणसंगै शुरू भएको हो । कोतपर्व, भण्डारखाल पर्व र १०४ वर्षे राणा शासन टिक्नु यसैका निरन्तरता थिए ।

हिन्दू राज्य नेपाल र धार्मिक सहिष्णुताको एकताको प्रतिक बनेको राजसंस्था विदेशीका लागि घाँडो बनिरहेको थियो । कुनै पनि बहानामा राजसंस्था सिद्ध्याउने घृणित प्रयास वि.सं. १९०३ बाट नै शुरू भएको थियो । २०४६ सालमा कथित बहुदल भित्र्याएर अखण्ड एकतालाई कमजोर गर्ने राजसंस्था सिध्याउने प्रयास हुन थाल्यो ।

हिन्दू राज्य नेपाल र धार्मिक सहिष्णुताको एकताको प्रतिक बनेको राजसंस्था विदेशीका लागि घाँडो बनिरहेको थियो । कुनै पनि बहानामा राजसंस्था सिद्ध्याउने घृणित प्रयास वि.सं. १९०३ बाट नै शुरू भएको थियो । २०४६ सालमा कथित बहुदल भित्र्याएर अखण्ड एकतालाई कमजोर गर्ने राजसंस्था सिध्याउने प्रयास हुन थाल्यो । यसको मुर्तरूप २०५८ मा अएर सफल हुन गयो । राजा ज्ञानेन्द्र शाह र उनको परिवार भने बाँच्न सफल भयो । इशाईहरूको जुठोपुरो चाट्न नचाहेका र पृथ्वीनारायण शाहकै विरासतमा रहन चाहने ज्ञानेन्द्र शाह सत्तामा धेरै समय रहन दिइएन् । जनता शक्तिका स्रोत हुन भन्ने बुझेका ज्ञानेन्द्रले कुनै प्रतिरोध नगरी सहजै स्थान खाली गरे । यसो भनिरहँदा हामी राजाका हिमायती हो भन्ने पनि होइन । हिन्दू राज्यको संरक्षण गर्न आउँने र अन्य धर्मलाई सम्मान दिई सहिष्णुता कायम राख्न सक्न बलियो संवैधानिक शासक नेपालको वस्तुगत अवश्यक्ता हो । जो निश्चित अवधिका लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति वा राजा वा कुमार वा कुमारी जुनसुकै रूप र नामबाट आएपनि आदि हिन्दू भएको नेपाललाई हिन्दू राज्य अविछिन्न राख्न सक्ने शक्तिको खाँचो हो । जनताका समस्यासँग नजिकबाट एकाकार भई वस्तुगत विकास र समृद्धिका निम्ति लागि रहने, अन्यायमा परेका वर्ग समुदाय वा जात जाति ब्यक्ति सबैमा समान न्याय दिने राज्य ब्यवस्थाका निम्ति वकालत गर्न र विकल्प दिनपनि मातृभूमिका लागि नेपाली तपाई हामी बीच स्थापित भइसकेको छ । जनताका आवाजहरू सुन्ने विचारलाई एकाकार गर्ने उदेश्य अनुरूप नेपाल र विश्व जनुसमाय बीच वहस प्रारम्भ गरेको छ ।

नेपालको इतिहासमा राजनीतिक पार्टीहरू विदेशीकै इशारामा विदेशमा नै खोलिएका र त्यसरी खोलिएका ती राजनीतिक पार्टीहरूले विदेशीकै इशारा र योजानामा काम गर्नुपर्ने निन्दनीय विडम्वना रही आएको छ । जसको छत्र छहारीमा काम गर्दछन् त्यसलाई हामी लेन्डुप (जहाँ सिक्किम विलय गराए) नामको पदवी (विशेषण) दिने गर्दछौं । विभिन्न सामाजिक संघसंस्थाहरू समेत विदेशी ग्राण्ड डिजाइनमा खोलिने र नेपालकै माटोमा खोलिए पनि विदेशी कलो चाटेर संस्था चलाउनु पर्ने र त्यसैबाट जीवन गुजारा चलाउने दासत्व प्रवृत्ति बढिरहेको छ । आफ्नो देशको मालिक आँफै हुन पाउने मूल मन्त्रलाई विर्सेर विदेशीको हातबाट चल्ने रिमोटबाट सञ्चालित भए ।

चप्पल नपाउने कार्यकर्ता आज अरबौंको मालिक बनेका छन् । प्रचण्ड, के.पि र देउवाका सम्पत्ति छानविन मात्र होस् अन्य रहस्य आँफै खुल्दछ । कर्मचारीहरु समेत भ्रष्टाचारमा उद्धत हँुदै गएका छन् । यिनीहरूको सम्पत्ति शुद्धिकरण बारे न त सरकार बोल्छ न त कुनै राजनीतिक दल नै । यदि नेता र कार्यकर्ताको सम्पत्ति मात्र शुद्धिकरण प्रक्रिया तथा छानविनमा ल्याउने हो भने हजारौं ब्यक्तिहरू कारवाही र दोषीको दायरामा आउँछन् । यसको छानविन कठपुतली सरकारद्दारा हुनै सक्दैन । आम जनता नै सचेत हुनुपर्दछ ।

तथाकथित नेपाली कम्युनिष्टहरूले विशेष गरी तत्कालीन माओवादी पार्टीले सर्वहारा वर्गको नाउँमा जातिय मुद्दालाई प्राथमिकता दियो । गरिब वर्गको राजनीति गर्ने भन्ने वहानामा बन्दुक तेर्स्याई डर, त्रास, धम्कि देखाएर गरिब निमुखाको आँखामा धुलो फ्याँक्ने काम गर्यो । वर्गीय लिंगिय आरक्षण गर्नु पर्नेमा जातिय आरक्षण प्रस्तुत गरेर त्यही जाति विशेषका गरिबहरूको गला रेट्ने काम गर्यो भने जातिय द्वन्द्व चर्काउने र युद्व भड्रकाउने खेल माअवादीबाटै भयो । तत्कालीन माओवादी र हालको सत्तारुढ नेकपा र नेकपाको त्यो प्रस्ताव स्वीकार गर्ने नेपाली काँग्रेस समेत जनताको प्रतिगामि समुहमा परिणत भयो । वेलैमा राष्ट्रवादी दल, संघ, संस्था वा व्यक्ति स्वयंले यो विषयलाई गम्भिर रूपमा नलिने हो भने देशको अवस्था संकटपुर्ण छ । जातिय आरक्षण नेपाली आवश्यक्तामा जन्मेको होइन । यो विदेशीकै इशारामा बनाइएको हो । नेपाली आवश्यक्ता त वर्गीय लिंगिय आरक्षण हो ।

स्थानीय तहलाई सवलीकरण गर्नुको बदला संघीयता भित्र्याएर एक राजाको बदला हजारौं राजा तयार गरिए ।

स्थानीय तहलाई सवलीकरण गर्नुको बदला संघीयता भित्र्याएर एक राजाको बदला हजारौं राजा तयार गरिए । जातिय सामिप्यता बढिरहेको अवस्थामा देशलाई निरन्तर युद्वमा बल्झाई रहन जातिय राज्य र साम्प्रदायिक राज्य भनेर जनतामा भ्रम छरियो । जसका कारण देश हजारौं वर्षपछि पर्न गयो । विगत वर्तमानको यस्ता सबै कुराको अनुभव र परिष्कृत विचारबाट स्वाधीन नेपालको निर्माण खातिर जनस्तरबाट नै ‘मातृभूमिका लागि नेपाली’को उदय हुन गयो । यो कुनै आकस्मिक परिघटना नभई वस्तुगत आवश्यक्ता कै कारण जननी भएकोले अवश्यंभावीको रूपमा यो गौरवशाली संस्थाको निर्माण भएको हो ।

राजा महेन्द्रले देशको अन्तरिक परिवेश भू–स्वरूप र अन्तराष्ट्रिय परिस्थितिको राम्रो अध्ययन विश्लेषण गरेर मात्र नेपालको राष्ट्रियताको बचावट र संरक्षण गर्न देश र जनतामा आधारित पञ्चायती ब्यवस्था लागू गरेका थिए । यही मजबूत राजनीतिक, आर्थिक, सामाजिक, विविधता सहितको सांस्कृतिक एकतालाई कायम राख्दै देशको अर्थतन्त्र मजबूत बनाउँदै गएका थिए । पञ्चायतकालमा नै हरेक गाउँ ठाउँमा समेत विद्यालय स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल, बिजुली पानी र कलेज क्याम्पसहरू समेत निर्माण भएका थिए । नेपालका हालका लेन्डुप जी हरू तिनै विद्यालय र कलेज क्याम्पसबाट आफ्नो शैक्षिक स्तरसँगै राजनीतिक स्तर बढाएका हुन । लेन्डुपहरूले सामन्ती तथा वुर्जुवा शिक्षा जो जे भने पनि इन्जिनियर, डाक्टर, पत्रकार, राजनीतिकार, राजनीतिज्ञ, दार्शनिक र देशको शासक प्रधानमन्त्री मन्त्री पनि त्यही शिक्षा आर्जनबाट नै भएका हुन् । कम्युनिष्टहरूको कथित जनयुद्वकालमा वुर्जुवा शिक्षा पढ्नबाट बञ्चित गराएर सामान्य जनताका छोराछोरीलाई बन्दुक उठाउन लगाइयो । विदेशीको मिशन पुरा गर्न नेपालको वुर्जुवा शिक्षा लिनबाट समेत विमुख गराइयो र ती सर्वसाधारण जनताका छोराछोरीलाई युद्वमा होमाइयो । कथित जनयुद्वपछिका दिनहरुमा त झन विदेशीले जरा गाड्दै गइरहेको छ । अब त झन कुन देशी कुन विदेशी छुटयाउनै मुस्किल हुन थालेको छ ।

पुन एकपटक राष्ट्रियता संरक्षण आन्दोलन चलाउनु पर्दा युद्व अनिवार्य बन्न सक्छ त्यसका लागि देश भक्त नेपालीहरू तयार रहनु पर्दछ । राष्ट्रले मागेको रगतको कोटा बुझाउन एक कदम अगाडि बढ्नुपर्दछ । तवमात्र स्वाधीन नेपालको निर्माण सम्भव छ, भविष्यका सन्ततीको भविष्य उज्ववल छ ।

पञ्चायतकालमा जे जति विकास भए यसले के पुष्टि गर्छ भने राजतन्त्र तथा पञ्चायती ब्यवस्था विकास प्रेमी जनप्रेमी थियो । पञ्चायती ब्यबस्थालाई तहस नहस पार्न पञ्चायती मकुण्डो भिराएर राजसंस्थाको बदनाम गर्ने र पञ्चायतलाई कमजोर पार्ने काम विदेशी घुसपैठद्वारा भ्रष्टाचार गर्ने, निहत्था जनतामाथि दमन गर्ने काम पनि एकाध हुँदै आए । पञ्चायत कालमा जे जति विकास भए हाल यो कथित गणतन्त्र तथा संघीयकालमा हुन सकेको छैन । संघीयता धान्न सक्ने हाम्रो हैसियत पनि छैन र नेपालजस्तो सानो मुलूकमा यसको अवश्यक्ता पनि होइन । नेपाल क्षत विक्षत गर्न पुरानै भुरे टाकुरे राज्य जस्तै कमजोर र देशलाई भीखमंगा बनाई नेपालको स्वत्व संकटमा पार्न र कालान्तरमा यो मुलूक पराधीन बनाई पर–धर्ममय बनाउन भित्र्याइएको आत्मघाति ब्यवस्था हो ।

२०४६ र २०६३ पछिका नेपालका यी घटना वा परिघटनाले शसक्त जनविश्वासी र राष्ट्रियतामा आधारित वैकल्पिक शक्तिको उदय अनिवार्य बनेको छ । अनिवार्य अवश्यक्ता परिपूर्ति गर्न, गर्भधारण गर्न, वैध सन्तान, पार्टी, व्यवस्थाको उपजको निम्ति हाललाई मातृभूमिका लागि नेपाली नामक महान र गौरवशाली आमाको उदय भइसकेको छ । नेपालकै माटोमा नेपालीहरूले नै मिति २०७६ साल जेष्ठ १ गते काठमान्डौंमा महाभेला गरी मातृभूमिका लागि नेपालीको हालका लागि तदर्थ केन्द्रिय परिषद बनाएको छ । यूरोप अमेरिका तथा विदेश स्थित स्वाभिमान नेपालीहरूको समेत उपस्थिति रहेको सो महाभेलामा नेपालका ७७ वटा जिल्लामा समिति बनाउने निर्णय समेत गरेको छ भने हरेक गा.पा न. पा. सम्वन्धित गाउँ तहसम्म पुगोस् सञ्जाल विस्तार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । अत्यन्त उत्साह र गरिमामयी ढंगबाट सम्पन्न ‘मातृभूमिका लागि नेपाली’ आम सर्वसाधारण नेपालीका लागि गौरवशाली संस्था बन्न पुगेको छ । यसले आम स्वाभीमानी देशभक्त नेपालीहरूको विचार पूञ्जको काम गरेको विद्धानहरूले विश्लेषण गरेका छन् । राजनीति सत्तामा रहेको सरकारले तथाकथित सत्ताले देशभक्त नेपालीहरूको आवाज दवाउने दुष्प्रयास गर्छ भने यो संस्थालाइ राजनीतिक पार्टीको रूपमा रूपान्तरण गरेर राज्यसत्ता चलाउने सामर्थ्य पनि यसले राख्दछ ।

२१ सो शताब्दिमा समेत अइपुग्दा पनि जनतालाई गुमराहमा पार्ने, सामन्ती सत्ताको विरोधको नाउँमा जनतालाई दास सम्झेर ब्यवहार गर्ने अहिलेको कार्यशैली देशका लागि घातक छ । रेमिट्यान्सले धानिन् पुगेको अर्थब्यवस्थामा जताततै भ्रष्टाचार, कु–शासन, दु–शासनले गाँजेको नेपाली अर्थतन्त्र जीर्णशिर्ण बनेको छ । नेपालको अर्थतन्त्रमा दलाल पूँजिवाद हुँदै मरणासन्न अर्थ व्यवस्थामा आएको छ ।

विभिन्न दल राजनीतिक पार्टीहरू राष्ट्रियताको खोल ओढेर आइरहेका छन् । सर्वसाधारण जनतालाई छुट्टाउन हम्मेहम्मे परेको छ । साँचो राष्ट्रवादी को हो ? यसका विशेषता के हुन् छुट्टाउन गाह्रो भएको छ । राष्ट्रवादी धार भनिएका पार्टीका मागहरू के कति हाम्रो संस्थासंग मिल्छ मिल्नेसम्मको हदसम्म कार्यगत एकता गरेर राष्ट्रियता मजबूत बनाउनु पर्दछ । मजबूत राष्ट्रियताबाट नै विकासका बाटाहरू खुल्दछन् । स्वाधीन अर्थतन्त्र, समृद्ध नेपालको निर्माणमा ‘मातृभूमिका लागि नेपाली’ भन्ने महान र गौरवशाली संस्थामा मन, वचन र कर्म नै एक्येबद्धता हो । राष्ट्रियताको संरक्षण गरौं । जय मातृभूमि !!!
लेखक ‘मातृभूमिका लागि नेपाली’ का केन्द्रिय परिषद सदस्य तथा पर्वत संयोजक हुन् ।