अपाङगता भएका व्याक्तिहरुको विभिन्न क्षेत्रमा पहुँच र अधिकार

532
views

निर्मल पौडेल
पर्वत, २२ असार । अपाङ्गता भएका व्याक्तिहरुको विभिन्न क्षेत्रमा पहुँच र अधिकार विषयक प्रदेश स्तरिय २ दिने अभिमुखीकरण कार्यक्रम कुस्मामा सम्पन्न भएको छ ।

अपाङ्गता भएका हरुका विविध अधिकारका क्षेत्र र पहुँचका विषयमा पर्वतमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल अपाङ महासंघ गण्डकी प्रदेशको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वतको समन्वय र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अपाङ्गता सम्वन्धी नीति नियम, स्वायत्त शासन, शिक्षा, स्वास्थ्य, रोजगारी र सशक्तिकरण लगायतका विभिन्न क्षेत्रमा अपाङ्गता भएका व्याक्तिको पहुँच र अधिकार संगै अपाङगता भएका व्याक्तिहरुको अधिकार ऐन २०७४ मा समावेश गरिएका हक र अधिकार हरुका वारेमा छलफल र जानकारी गराईएको थियो ।

कार्यक्रममा वोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्मा सुवेदीले अपाङ्गता भएका व्याक्तिहरु लाई स्थानिय सरकार र जनप्रतिनिधीले अपाङ्गता भएकाहरुको पहिचान गरी परिचय पत्र प्रदान संगै उनीहरुले राज्यवाट पाउने सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस गरिदिन संगै सहज वातावरण वनाईदिन आग्रह गरे ।

यस्तै शर्माले ऐनमा समावेश गरिएका हक र अधिकार हरुलाई राज्यले हरेक ठाउँहरुमा लागु संगै कार्यन्वयन गर्नुपर्ने बताए । यस्तै कार्यक्रमका संयोजक तथा सहजकर्ता जगन्नाथ पौडेलले अपाङ्गता भएकाहरु पनि सपाङ्ग सरह कार्यगर्न सक्ने भएकोले कसैले पनि हेयको दृष्टीले हेर्न नहुने भन्दै उनीहरुका हक र अधिकार लाई सचेत नागरिकहरुले स्वाभिमानका साथ दिलाउनुपर्नेमा जोड दिएका थिए । यस्तै अर्का सहजकर्ता तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वतका उपाध्यक्ष हरिदत्त सुवेदीले रहेक तह र तप्कामा अपाङगता भएकाहरु लाई पनि समावेशीकरण गराउनु पर्ने वताएका थिए । कार्यक्रममा शैक्षिक तथा सामाजिक अभियान्ता राजेन्द्र पहाडिले प्रोजेक्टर वाट ऐन २०७४ मा रहेका विविध कुराहरुको वारेमा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्याक्ति तथा व्याक्तिका परिवार लगायत करिव ५० जनाभन्दा वढिको सहभागिता रहेको थियो । अपाङ्ग उत्थान समाज नेपाल पर्वतका अध्यक्ष किशोर मनस्वीको अध्यक्षता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्मा सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक जगन्नाथ शर्मा र अपाङ्ग उत्थान समाज नेपाल पर्वतका उपाध्यक्ष हरिदत्त सुवेदीले गरेका थिए ।

कार्यक्रममा अपाङग उत्थान समाज पर्वतका निवर्तमान अध्यक्ष गणेश सुवेदी, कुस्मा नगरपालिका वार्ड नम्वर ६ का अध्यक्ष रुद्र गिरी, ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, वुद्धिजिवी पत्रकार, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।