एआइजीलाई प्रदेश प्रहरीको प्रमुख बनाउन प्रस्ताव

530
views

काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा प्रहरी अतिरिक्त महानिरीक्षकलाई नियुक्त गर्नुपर्ने माग गरेका हुन् । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने शर्माको तर्क छ ।

नेता शर्माले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा यस्तो धारणा राखेका हुन । कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाएका छन् ।

प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ती गर्ने कानूनी व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ । समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।