राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री मेको आलोचना

515
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजदूत किम डार्कको आलोचना गरेका छन् । आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले ट्रम्प प्रशासनलाई अयोग्य भन्दै आलोचना गरेपछि ट्रम्प आक्रोशित भएका हुन् । ट्रम्पले राजदूत किमसँग अमेरिकाले कुनैपनि ब्यवहार नगर्ने प्रतिक्रिया दिएका हुन् ।

व्यवहार नगर्ने भन्दै ट्रम्पले औपचारिक कानुनी प्रक्रियामार्फत राजदूत किमलाई बेलायत फिर्ता गर्ने उल्लेख गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजदूतको भनाइलाई लिएर आक्रोशित ट्रम्पले बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् ।

प्रधानमन्त्री मे ले राजदूतको पक्ष लिएपछि ट्रम्पले बेलायतले नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणी गरेका हुन । मेप्रति पनि आक्रोश पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको पनि उल्लेख गरेका छन् ।

बेलायतले इमेल लिक प्रकरण अस्वीकार्य भन्दै त्यस विषयमा अमेरिकासँग कुरा गर्ने बताएको छ । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले सो सम्वन्धमा ह्वाइट हाउससँग कुराकानी भैरहेको बताएका हुन् ।