पर्वत खुर्कोटमा पदमार्ग निर्माण

921
views

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा रु. ७ लाख रुपैया बजेट बिनीयोजन भएपछि पदमार्ग निर्माण गरिएको हो ।

पवित्र कालीगण्डकी नदि किनारमा रहेको अर्मादी घाटदेखि केटीचौरसम्म जानका लागि पदमार्ग निर्माण गरिएको निर्माण समितिका सचिव कृष्ण नेपालीले जानकारी दिए ।

उहाँका अनुसार पाङ र खुर्कोट क्षेत्रका स्थानीय वासीहरुलाई पोखरा–बागलुङ सडकमा आउजाउ गर्न, कालीगण्डकी तीरमा रहेको घाटमा शब दाहसंस्कारका लागि जान र गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा हिडडुल गर्नका लागि पदमार्गले सहज हुने भएको छ ।