कोपिला नेपाललाई अम्रेलाको सहयोग

1087
views

पोखरा, २४, असार । खहरेमा अवस्थित अम्रेला क्याफेले यस आ.व. भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आ.व. भित्र १ लाख ३२ हजार रकम उठेकोमा उक्त रकम क्याफेका सञ्चालक सितामान घिसिङले कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाललाई हस्तान्तरण गरेका हुन् ।

अम्रेला क्याफेको तर्फबाट सञ्चालक सितामान घिसिङ र कोपिला नेपालको तर्फबाट कार्यकारी निर्देशक बिना शिलवालले सहयोग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो रकम बिशेष गरेर किशोरीहरुको शैक्षिक विकास, स्कुल फि, सशक्तिकरण सम्बन्धि टे«निङ लगायतका बिषयमा रकमको उपयोग गर्ने कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले बताए ।

कार्यक्रममा बोल्दै अम्रेला क्याफेका सञ्चालक सितामान घिसिङले आफुले गरेको यो सहयोग निरन्तर चलिरहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त सम्झौता–पत्रमा अर्को बर्षको लागि अम्रेला क्याफेले रु ५० हजार कोपिला नेपाललाई डोनेट गर्ने र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत सहयोग गर्ने कोपिला नेपालका प्रशासनिक तथा विक्तिय संयोजक नवराज ढकालले जानकारी दिए ।