विश्वकप क्रिकेटः भारत र न्युजिल्याण्डको सेमिफाइनल खेल वर्षाले प्रभावित

453
views

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ । भारत र न्यजिल्याण्डबिच हिजो इंग्ल्याण्डको म्यान्चेस्टरमा भएको खेल वर्षाले रोकिएपछि बाँकी खेल आज हुने भएका छन् ।

हिजो खेल रोकिनुपुर्व न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् भने टम लाथम ३ रनमा क्रिजमा छन् । न्युजिल्याण्डका लागि कप्तान केन विलियाम्सन ६७ रन जोडेका छन् ।

आज पनि खेलको निर्णय आउन नसकेकाने अवस्थामा भारत फाईनलमा प्रवेश गर्नेछ । लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ ।

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन् ।