भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुईजनाको मृत्यु

733
views

भोजपुर । भोजपुर सदरमुकाममा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा केही एकजना प्रहरी र एकजना विप्लव कार्यकर्ताको मृत्यु भएको छ ।

भोजपुर सदरमुकाको शनिबारे हटिया लाइनमा बुधबार बिहान गोली चलेको हो । स्थानीयले दुई प्रहरी जवान गोली लागेर बेहोस् भएको र एक गम्भीर घाइते रहेको बताएका छन् ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसपी रमेश थापाले पुष्टि गरे । त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइको मृत्यु भएको हो ।