सिरहामा भ्यान दुर्घटना, १६ जना घाईते

415
views

महेश सिंह महतो
सिरहा, २५, असार । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका–११ सोनापुरमा दुई यात्रुबाहक बस एकआपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।

ना ७ ख ५३८२ र ना. ४ ख ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको अधिकाँस अस्पतालमा र किल्निकमा उपचार भई रहेको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।