न्युजिल्यान्ड विश्वकपको फाइनलमा, भारत पराजित

622
views

असार, २५ गते । पूर्व विश्वविजेता भारत विश्वकप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

वर्षाको कारण स्थगित भएको खेल पुनः सोही स्थितिबाट आज सुरु हुँदा न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन जोड्यो । रस टेलरले सर्वा्धिक ७४ र विलियम्स सनले ६७ रन जोड । बलिङमा भुवनेश्वर कुमारले तीन विकेट लिए ।

जवाफमा २४० रनको मध्यम विजय लक्ष्य पछ्याएको भारत ४९ दशमलब ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२१ रनमा समेटियो । पहिलोदेखि तेस्रो क्रमका ब्याट्स म्यान के एल रावल, रोहित शर्मा र विराट कोली एक एक रनमा आउट भएसँगै भारत संकेटमा परेको थियो ।

आठौँ क्रमका ब्याट्स मेन रविन्द्र जडेजाले ७७, धनीले ५रन जोडे पनि भारतको हार टार्न सकेनन् । ४९.३ बलमा सबै विकेट गुमाउदै भारत यसपटको विश्वकप क्रिकेटबाट बाहिरीयको छ भने न्युजिल्याण्ड दोस्रो पल्ट लगातार फाइनल पुगेको हो ।