भारतको पत्रबारे जानकारी नै थिएन, म लज्जित छु : प्रधानमन्त्री

642
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिने तरकारी र फलफूलको विषादी प्रकरणमा आफुलाई भ,ुक्याइएको बताए । उनले भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नै नभएको र झुक्याइएको भन्दै क्षमायाचन गरेका छन् । ’संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना’ विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमा मागेका हुन् ।

विषादी प्रकरणमा नेपाली जनतासँग आफू लज्जित हुनुपरेको प्रधानमन्त्रीको भनाई थियो । सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै भएको भन्दै प्रधानमन्त्रीले भने ‘पत्र आएको रहेछ तर मलाई जानकारी दिइएन, यसबाट म लज्जित भएको छु, क्षमायाचना गर्छु,।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफू विरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।