मिचाहा छिमेकी, विषादी आतंक

1039
views

-एम बी खड्का
बजारमा विषादी आतंक छ
टिभीबाट फुत्त निस्कन्छ
साला भेडे खुर्सानी
र खेद्छ भगाँउछ दौडाउँछ
भेडेको पछिपछि टमाटर भिन्डिहरु
उसैगरी लखेट्छन् ।

पत्रिकामा घन्टाउके हेडलाईन
विषादीभन्दा विषालु छन् ।
आमाले पठाईदिएको
गाउँको गुन्द्रुक,
पछ्यौरीको पोकोभित्र भूमिगत छ ।।

भाग्दै गरेको मुला रायोसँग
खोलामा निउरो प्रश्न सोध्छ
आखिर भाग्छौ कहिलेसम्म ?
यी मिचाहा छिमेकी खुर्सानी टमाटरहरुको
विस्तारवादको प्रतिवाद कहिले गर्छौ ?
स्वाभिमानी सागहरु भएर ।।।