कांग्रेसलाई सरकारको प्रश्नः के काँग्रेसले विप्लवलाई काँध हालेको हो ?

587
views

काठमाडौं । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले काँग्रेसले विप्लव समुहको वकालत गरेर सरकारलाइ खेद्ने काम गरेको आरोप लगाए ।

काँग्रेसले हिसात्मक गतिविधिका कुरालाई नदेखेर सरकारलाई खेद्ने काम नर्गन चेतावनी दिए । ‘सत्ता गुमेको पीडामा कांग्रेसले विप्लवलाई काँध हालेको आरोप लगाए ।

हामीले प्रमुख प्रतिपक्षीलाई हिंसाका बारेमा पनि कन्भिन्स गराउँदै गयौं भने नेपाली कांग्रेसले उठाउँदै गरेको चार तारामध्ये एक शान्तिको तारो लोकतन्त्र र स्वतन्त्रताको तारो खोज्नुपर्ने हुनसक्ने चेतावनी दिए ।

उनले हिंसाविरुद्धको कारवाहीलाई निधेषको राजनीति नभन्न पनि सचेत गराए । ‘संविधानअनुसार शान्तिपूर्ण सबैथोक गर्न सबैलाई छुट छ’, उनले भने, ‘जबरजस्ती हिंसा हत्या, लुटपाट र त्रास यो सबै कुरा र एउटा अस्थिरताको दृश्चक्रमा फसाउने र अध्यारो सुरुङतिर हाल्ने कुरामा कांग्रेस बेलैमा स्पष्ट हुनुपर्नेमा सजग गराए ।

बास्कोटाले अबको घेराबन्दीमा सरकार होइन हत्या अपहरण, चन्दा आतंकलाई प्रोत्साहन गर्नेहरु पर्ने चेतावनी दिए ।

‘हिंसा सम्बन्धी नेपाली कांग्रेसको नीति के ? त्यो बन्द हुनुपर्छ वा विप्लव जीहरुले गरेको हिंसा एकदम वैध छ । कांग्रेसको आँखाले के ठहर गर्छ ?’ उनले प्रश्न गरे, ‘हिंसामा सत्ता र प्रतिपक्ष हुँदैन ।

विप्लवको विषयलाई लिएर नेकपाभित्र कुनै घेराबन्दी नभएको दाबी गर्दै बाँस्कोटाले भने, ‘हिंसाले घेराबन्दी गर्यो भने कोही पनि उम्किने छैन् ।