सुरक्षामा प्रविधियुक्त गस्ती आवश्यक-डिआईजी जोशी

1136
views

जितेन्द्र थापा
दैलेख । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले सुरक्षा व्यस्थालाई मजबुत बनाउन प्रविधियुक्त गस्ती आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेश अन्र्तगत दैलेखको शान्ति सुरक्षाको अवस्थाबारे निरिक्षण भ्रमणमा रहेका जोशीले विकसित मुलुकहरुमा उच्च प्रविधि ड्रोनबाट गस्ति हुँदै गर्दा हामीकहाँ हुने पैदल गस्तिले पनि सुरक्षा चुनौति थपिएको बताए ।

निरिक्षण भ्रमणका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला स्थित प्रहरी कार्यालय अन्तरगत रहेका सुरक्षा इलाका तथा चौकीका इन्चार्जहरुसँग सुरक्षा अवस्था र चुनौतिका विषयमा ब्रीफिङ गरेका थिए । भ्रमणका क्रममा उनले जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुका साथै गाउँपालिका प्रमुखसँग समेत अन्र्तक्रियात्मक कार्यक्रम गरेका थिए ।

उनले दैलेखमा नेत्र विक्रम चन्दका गतिविधिहरु खासै नरहेको भएपनि समाजमा भए गरेका हत्या, हिंसा, लागू औषध दुर्व्यसनी जस्ता सामाजिक अपराधका घटनाहरुलाई नियमन, नियन्त्रण र निस्तेज पार्न सुझाए ।