प्रतिष्ठान कास्की जिल्लाको अधिबेशनको तयारी पुरा

790
views

परशुराम अधिकारी
हेमजा, २७, असार । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको सातौ अधिबेशन एवं अठारौ सधारण सभाको तयारी पुरा भएको छ । अधिबेशन शनिबारका लागि राखिएको छ ।

अधिबेशन सफलताका साथ समापन गर्न विभिन्न ७ वटा उपसमिति गठन गरिएको थियो । सबै उपसमितिहरुले आ–आफनो कार्य पुरा गरिसकेको प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए ।

अधिबेशनको उद्घाटन प्रतिष्ठान लेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोहि अबसर पारि उत्कृष्ट इकाइ समिति सम्मान, पुर्ब अध्यक्ष सम्मान, गायन सँगै उच्च शिक्षा हासिल गर्न सफल एक जना कलाकार, उत्कृष्ट सहयोगदाता, स्रष्ठा, उत्कृष्ठ कार्य समिति सम्मान साथै बिबिध सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको प्रतिष्ठानका सदस्य एवं प्रचार बिभागका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

अधिबेशनमा बिभिन्न पदको लागि आकांक्षी बदी नै देखिएको पाइएको छ । यध्यपी सबैलाई मिलाएर नै अगाडी बड्ने सोच बनाएका छौँ अध्यक्ष प्रेमराज अधिकारीले भने आकांक्षी देखिनु सोभाबिकै हो कस्लाइ कुन पदमा राख्दा सस्थाको प्रगति हुने देखिन्छ सोहि अनुसार मिलाएर जाने हो तर समझधारी नबनेको खण्डमा भने निबार्चनको बिकल्प नरहेको बताए ।

प्रतिष्ठान कास्कीको अधिबेशनलाई लिएर धेरै चर्चा परिचर्चा हुने गरेको पनि छ । गण्डकी प्रदेश र केन्द्रीय पदाधिकारीको अधिबेशन पनि पोखरामा नै हुदैछ । त्यसैले पनि कास्की जिल्लाको अधिबेशन सबैको चर्चाको बिषय बनेको बुझिएको छ ।आगामी मंसिर ६,७ र ८ गते पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको केन्द्रीय अधिबेशन हुदैछ ।