काभ्रेमा पहिरोले पुरिएर २ को मृत्यु, ३ घाइते

741
views

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दङगालको श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा थप ३ जना घाइते भएको एसपी जयराज सापकोटाले जानकारी दिए ।