सिन्धुलीमा पहिरोले पुरेर महिलाको ज्यान गयो

864
views

सिन्धुली । लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ ।

मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडामा ३५ वर्षीया महिलाको हेमकुमारी सुनुवारको मृत्यु भएको हो । गोठमा रहेका गाईवस्तुलाई घाँस हाल्न गएकी सुनुवारलाई पहिरोले पुरेको थियो ।