भारत आसाममा बाढीका कारण तीनको मृत्यु, चार लाख प्रभावित

640
views

भारत । अत्यधिक वर्षासँगै आएको बाढीले भारतको आसाम राज्यमा तीन जनाको मृत्यु भएको छ । बाढीले चारलाख अलपत्र परेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ, त्यसमध्ये दुई जनाको बाढीसम्बन्धी घटना र अर्का एक जनाको पहिरोका कारण मृत्यु भएको आसाम राज्य विपद् व्यवस्थापन कार्यालयका अधिकारीले भनेका छन् ।

पछिल्लो २४ घण्टामा २५० भन्दाबढी गाँउ जलमग्न भएको पनि कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

सरकारले घटनास्थलमा खोजी तथा उद्धार गर्न र राहत उपलब्ध गराउन मातहतका निकायका अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ ।

हालै भित्रिएको मनसुनपछिको वर्षाका कारण यो हप्तामात्रै भारतका विभिन्न ठाउँमा ठूलो मात्रामा बाढी आएको र डुबान भएको छ ।