भन्सार छलेर नेपाल ल्याइएको सामान बरामद

703
views

महेश सिंह महतो
सिरहा, २७ असार । नेपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन् ।

श्रोतका अनुसार शसस्त्र प्रहरी वल गण सिरहाको एसपि सोमवहादुर गुरुङ र सिरहा जिल्लामा रहेको ६ ओटै बिओपिको प्र.नि चाडै सरुवा हुने वेला भएको कारण सिरहामा तस्करी फस्टाएका छन् । सिरहाको बरियारपट्टीनाकाबाट सशस्त्र प्रहरी वल विओपि र भन्सारको सेटीगमा ब्यपारीसंग मोटो रकम लिई समान भित्र्याउन दिदा पटक पटक नेपाल प्रहरीले सामान समातेको छ ।

नेपाल प्रहरीले जिल्ला भरीमा एक महिनमा भन्सार छलेको अवैध सामान करोडौ समाते पनि सिरहा जिल्लाका शसस्त्र प्रहरी गणका एसपी सोमवहादुर गुरुङ बिओपिलाई कुनै कार्वाई नगरेको श्रोतले दाबी गरेका छन ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले यात्रुबाहक बसलाई चेकजाच गर्दा भन्सार छलि ल्याएको खाद्यान्नको सर सामान, तेल, पापड, दुध गरी जम्मा अन्दाजी मुल्य रू.१४ हजार चौहत्तर रूपैयाँ बरावरको सामान नियन्त्रण लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको हो ।

सिरहाका बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थित चौहर्वा सडक खण्डमा ई.प्र.का विष्णुपुरबाट खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा अवैध समान बरामद गरेका छन । सिरहाबाट चौहर्वातर्फ आउदै गरेको ज.१ ह. ५२२५ नम्बरको सिटी रिक्सामा नागाजी खाने तेल ६ टिन, जिरा ३० केजी, गुलाब जामुन १ कार्टुन, नागाजी खानेतेल २ कार्टुन, सागर दुध ३० प्याकेट ५०० ग्राम गरी जम्मा अन्दाजी मुल्य रू.२९ हजार १ सय बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको छ ।

सिरहाको कमला नदी, सुपचेना, लगदी गोठ, सनहैठा, कमलपुर, औरही, गागन खोला, दरहैया, हरकट्टी, बरियारपट्टी, गरगम्मा, कचनारी, नर्गी, झाझपट्टी, ठाडी जस्ता सानो नाकावाट नेपाल प्रहरीले पटक पटक करोडौ भन्सार छलेको अवैध समान समातेपनि सशस्त्र प्रहरी वल मुखदर्शक बनेको बुझिन्छ ।