सिराहा, सप्तरी र धनुषा आसपासका गाउँ डुवानमा

881
views

महेश सिंह महतो
सिराहा, २९, असार । सिरहा, सप्तरी र धनुषा तराईको कमला नदी र बलान नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च रहेको स्थानीयले बताएका छन् ।

सिरहा, सप्तरी र धनुषा जिल्ला जोड्ने कमला नदीमा पानी खतराको सहतभन्दा माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरी, धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।

धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रवल भएको छ भने सिरहाको, लहान, नवराजपुर, नहर्निया, कजरा, सोठियाईन, देवनगर, भगवानपुर, सिनुरिया र बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतराको संकेत देखिएको जनाइएको छ ।

दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो । बलान खोला र खुटि खोलामा पानीको बहाव निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको देखिन्छ ।