बाढी पहिराले पुर्याएको क्षतिप्रति पूर्व राजाको दुःख व्यक्त

738
views

काठमाडौं । पूर्व राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख ब्यक्त गरेका छन् ।

पूर्व राजा शाहले आफ्नो प्रस वक्तव्यमा भनेका छन् ‘यो बर्षको मौसमी बर्षासंगै राजधानी लगायत देशका विभिन्न भू–भागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।

पूर्वराजाले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोंचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ विज्ञप्तीमा भनेका छन् ।

प्राकृतिक विपदको यो घडीमा म शोक सन्तप्त पीडित सबैप्रति हार्दिक समवेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु उनले भनेका छन् ।