बाढी पहिरोका कारण ६५ को मृत्यु, ३० बेपत्ता

679
views

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानले सोमबारसम्म ६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु २४ जना महिला र ४१ जना पुरुष रहेका छन् ।

प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन् । सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ ।

प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ ।