‘आरक्षण बचाऔं’ विरोध प्रर्दशनमा प्रहरी हस्तक्षेप, तीन प्रर्दशनकारी घाइते

507
views

काठमाडौं । ‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै अघि बढेको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपमा शोभा विश्वकर्मा, टेक बहादुर वि.क, मातृका राई घाइते भएका छन् ।

संघीयता र समानुपातिक समावेशी पक्षधरको मसाल जुलुस रोक्ने क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ ।

आन्दोलनकारीहरुले ‘असमावेशी विज्ञापन खारेज गर, लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नारासहित शान्तिवाटिकामा आयोजित जुलुस निकालेका थिए ।