मोदी गाउँपालिकाको बजेट ५० करोड, एक वडा एक कृषि उद्यममा जोड

784
views

महेन्द्र जिसी । आर्थिक वर्ष ०७५/०७६ का लागि साढे पचास करोड बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पर्वतको मोदी गाउँ पालिकाले गाउँ सभाबाट पुर्वाधार विकास आर्थिक विकास सामाजिक विकास, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन, वन वातावरण विपद व्यवस्थापन लगायतका योजनाहरुमा बजेट कार्यान्वय गराउन लागेको हो ।

गाउँपालिकाले लघु उद्यममा लगानीको वातावरण बनाउँदै समृद्ध गाउँपालिका बनाउन लागेको जनाएको छ । चित्रे, पञ्चासे, भुकजस्ता पर्यटकीय क्षेत्र भएको गाउँपालिकाले सवारी मार्ग सहित पदमार्गको निर्माण गरेर पर्यटनको विकास गराउँदै लैजाने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाका सबै वस्तीहरुमा विद्यतको पहुँच विस्तार गरेर उज्यालो गाउँपालिका आगामी वर्षमा गरिने गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बताउनु भयो । यस्तै कृषि, पशुपालन, फलफुल खेती, सिँचाईको पहुँच विस्तार गराउँदै गाउँपालिकालाई उर्भरायुक्त बनाउने योजना रहेको हो ।

एक वडा एक नमुना कृषि तथा पशुपालन व्यवसाय, रोजगारी मुलक औद्योगिकरण, पालिकाभित्र पाईने जडिबुटी विकास कार्यक्रम सञ्चालन गराउन लागेको गाउँ सभामा प्रस्तुत गरीएको छ । निमार्ण धिन पुर्वाधार गुणस्तरीय बनाउन वडा सदस्यहरुको सहभागिता बढाईदै अति विपन्न समुदायमा आवासको विकास गराउने गाउँपालिकाले नीतिमा समेटिएको छ ।

वैयक्तिक स्वाथ् , सामुदायिक स्वाथ्य सेवा, सवै वडामा टेलिमेडिसिन सेवा प्रवाह गराउने पनि जनाइएको छ । यस्तै सेवा सुरक्षित र छिटो बनाउन ई–गभरनेस सेवा हरेक चौमासिकमा शुसासन कायम गराउन सार्वजनिक सुनुवाई गराउँदै आएको गाउँपालिकाले जनाएको हो ।

विभिन्न १० मुख्य शिर्षकमा समेटिएको बजेट ५० करोड ९८ लाख १३ हजार ८ सय ४० रुपैयाँ बजेट रहेको गाउँपालिकाका अािर्थक विकास संयोजक एवं उप प्रमुख सेती महतले प्रस्तुत गर्नुभएको थियो ।

सेती महत उप प्रमुख मोदी गाउँपालिका पर्वत विद्युत उत्पादनको मुख्य क्षेत्र मानिएको गाउँपालिकाले विभिन्न रोयल्टी, ढुङ्गा गिटी वलुवा उत्खनन, व्यात्तिगत सम्पत्ति कर, तथा व्यवसायक कर तथा गाउँ पालिकामा रहेका उद्योग, शैक्षिक संस्था, व्यापारीक कर लगायतको आयको अनुमान दुई करोड ४४ लाख अनुमान गरेको हो । गाउँ सभाले आर्थिक ऐन समेत सोमबार नै पारीत गरेको छ ।