भिसा दस्तुर हिनामिना

729
views

काठमाडौ । कान्तिपुर दैनिकले रौतहटको भलोहियाका बाढीपीडित पशुसँगै सुत्ने गरेको समाचार तस्वीरसहित छापेको छ । कान्तिपुरमै विदेशस्थित कूटनीतिक नियोग, अवैतनिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरवापत उठ्ने करोडौं रुपैयाँ दस्तुर हिनामिना भएको समाचार पनि छ ।

समाचारमा लेखिएअनुसार चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसामध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन ।

‘पर्यटक भिसाका हकमा १५ दिने, ३० दिने र ९० दिने यात्राका लागि प्रवेश भिसा स्टिकर दिने गरिएको छ । भिसा दस्तुरमा हालै गरिएको संशोधित अवधिअनुसार ३०, ५० र १२० डलर शुल्क लिने गरिएको छ,’ कान्तिपुर लेख्छ, ‘यसरी औसतमा विदेशस्थित नियोगबाट भिसा स्टिकरबाट वार्षिक झन्डै ८ करोड रुपैयाँ दस्तुर उठ्नुपर्नेमा आधा रकम पनि दाखिला भएको देखिन्न ।’

भिसा स्टिकरको हिसाबकिताब पारदर्शी नभएकोबारे महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अध्यागमन विभागले परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराएको समाचारमा उल्लेख छ ।