सिंगापुरकी पदयात्री वाङ कुम लिङको सगरमाथा आधार शिवर जाने क्रममा निधन

703
views

काठमाडौं, १२, जेठ । सगरमाथाको आधार शिविर जाने क्रममा सिंगापुरकी पदयात्री वाङ कुम लिङ मेइको शुक्रबार निधन भएको छ । ४७ बर्षीया वाङ कुमको पाँच हजार एक सय मिटरको उचाईमा रहेको लवुचेमा चिसोका कारण निधन भएको हो ।
पर्यटक प्रहरी अनुसन्धान शाखाका प्रमुख दिनेश थापाका अनुसार लाङटाङ रिट्रेक कम्पनीबाट पदयात्रामा जानु भएकी वाङ कुमको शुक्रबार बिहान निधन भएको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित लवुचेमा उहाँको निधन भएको हो ।
लवुचेबाट फिरेचे करीव एक घण्टाको दुरीमा रहेको छ । उहाँलाई फिरिचेमा रहेको अस्पतालसम्म नपुरयाइएको पदयात्राका साथीले प्रहरीलाई जानकारी गराएका छन् । वाङ कुमको साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।