मक्का जाने पहिलो हज यात्रा टोलीको विदाई

721
views

काठमाडौं, २, साउन । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तिर्थस्थल साउदी अरेबियाको मक्कामा हज यात्रामा जाने पहिलो टोलीको आज विदाई गरिएको छ ।

शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले हज यात्रामा जाने १ सय ३५ हजयात्रीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका हुन् ।

व्यक्तिगत र सरकारी कोटाबाट गरी नेपालबाट यो वर्ष १ हजार २ सय जना हजयात्रामा मक्का जाँदैछन् । सरकारले साउन १० गतेसम्म एयर अरेबियाको जहाजबाट दैनिक १ सय ३५ देखि १ सय ५० सम्म हज यात्रीलाई मक्का पठाउने ब्यवस्था मिलाएको छ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु नेपाल फर्कनेछन् ।