फोहोर व्यवस्थापन गर्न अत्यधिक शुल्क, नगरवासीको विरोध

1148
views

महेन्द्र जिसी
पर्वत, ३, साउन । मासिक एकसय रुपैयाँमा फोहोर संकलन र व्यवस्थापन हुँदै आएको कुश्मा नगरपालिकामा फहोर व्यवस्थापनको शुल्क एकहजार नाघेको भन्दै नगरवासीले विरोध गरेका छन् । घरबाटै छुटटयाइएको कुहिने र नकुहिने फहोर उठाउन नगरपालिकाले नाफामुखी गैरसरकारी निकायलाई जिम्मा लगाएपछि शुल्क महंगिएको भन्दै नगरवासीले विरोध गरेका हुन ।

ग्रामिण भेगले भरिएको नगरपालिकमा फाहोर उत्पादन कम हुने वस्तीदेखी मुख्य बजारको शुल्क एउटै भएको भन्दै नगरवासीहरुले संसोधनको लागि ज्ञापन पत्र बुझाएका हुन ।

स्थानीय सरकार कार्यान्वयपछि बजार खस्किएको सदरमुकाममा विभिन्न वहानामा स्थानीय सरकारले करको मारमा जनतालार्य पार्न लागेको भन्दै कर र फोहोर व्यवस्थापनको शुल्क संशोधन गराउन माग गरेका हुन ।

स्थानीय खेमनाथ शर्माले दशकौं देखी व्यापार व्यवसाय गर्दै आएको बताउँदै अहिले व्यापारको दर घटेको समयमा नगरपालिकाले एनजिओलाई फोहोर व्यवस्थापनको जिम्मा लगाएर चर्को शुल्क असुलेको बताए ।

नगरपालिकाले सेक्रेड नेपाललाई फोहोर व्यवस्थापनको जिम्मा लगाएपछि अत्यधिक शुल्क लिन थालेको नगरवासीको भनाई छ ।

फोहोर व्यवस्थापनको शुल्क अत्यधिक भएपछि पर्वत उद्योग वाणिज्य संघले समेत विरोध गर्दै आएको छ । पर्वत उद्योग वाणिज्य संघका सचिव तिला गिरीले नगरपालिकाले सरोकारवालाहरुसँग सरसल्लाह नगरी नाफामुखी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा लगाउँदा शुल्क महंगो भएको बताए ।

अहिले कुश्मा नगरपालिका ४, ५, ६,७ नम्बर वडाको मात्रै फोहोर संकलन गरेर संस्थाले व्यवस्थापन गर्दै आएको छ । ग्रामिणवस्ती रहेको नगरपालिकामा कम फोहोर हुने र कुहिने फोहोर स्थानीयले मलखादको रुपमा उपयोग गर्ने हुँदा बजार क्षेत्रको मात्र फहोर संकलन र व्यवस्थापन हुँदै आएको हो ।