सेना प्रमुख थापा र वंगलादेशका सेनाप्रमुखबीच भेट

443
views

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशको नेश्नल डिफेन्स क्लेज एनडिसी एस–एफ मेजर जनरल नकुइवि अहमद चौधरीबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको नेश्नल डिफेन्स क्लेज एनडिसीको भ्रमणदलका प्रमुख नकुइवि अहमद चौधरीले भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।

भ्रमण दलले प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग समेत शिष्टाचार भेटवार्ता भएको थियो । मित्रराष्ट्र बंगलादेशी सेनाको नेतृत्वमा २७ सदस्यीय भ्रमण दलको टोली नेपाल भ्रमणको लागि काठमाण्डौं आएको थियो ।

भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।