बाढीपीडित परिवारलाई सहयोग

742
views

रौतहट । बाढी र पहिरो पीडित परिवारहरुलाई १० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको छ । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीको पहलमा रौतहट देखि महोत्तरी, धनुषा हुँदै सप्तरी सम्मका बाढी पीडितलाई राहत वितरण गरिएको हो ।

पीडित परिवारलाई चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरि झन्डै १० लाख बराबरको राहत वितरण गरिएको शाहीले बताए ।