जनताले चाहेको व्यवस्था ल्याउन हतियार उठ्न सक्छ : वैद्य

2185
views

जनकपुरधाम, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान सरकारबाट जनआकाँक्षा पुरा हुन नसक्ने बताए । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले वर्तमान कम्युनिष्ट नामको सरकारले देश र जनताको हितको पक्षमा काम नगरेको आरोप लगाए ।

उनले वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदै भने ‘‘वर्तमान व्यवस्थाबाट आर्थिक, सामाजिक र राजनैतिक समस्या समाधान हुँदैन, यस्को विकल्प जनवादी व्यवस्थाका लागि जनता सक्रिय हुनुपर्ने अवस्था आएको छ ।’’

महासचिव वैद्यले आवश्यकतामा हतियार उठ्न सक्ने संकेत गर्दै लुकेर बनाइएको संविधान फालेर जनताले चाहेको व्यवस्था ल्याउन हतियारको आवश्यकता पर्ने बताए ।

उनले नेत्र विक्रम चन्द ‘विप्लव’ को कार्यदिशा स्पष्ट नभएको भन्दै विप्लवहरुको क्रान्ति जनक्रान्ति हो कि कि जनसंघर्ष स्पष्ट नभएको बताए ।

महासचिव वैद्यले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताउँदै सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनीतिक व्यवहार गरिरहेको बताए । विप्लव समूहमाथिको प्रतिबन्धको निर्णय राजनीतिक होईन उनले भने ‘राजनीतिक शक्तिबाट उठेको समस्याको समाधान राजनीतिक ढंगले नै निकाल्नु पर्दछ ।’