पोखरामा नेता श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभा सम्पन्न

767
views

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेशको आयोजनामा नेता श्रीनाथ अधिकारी ‘श्याम’ को श्रद्धाञ्जली सभा पोखरामा सम्पन्न भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जलीसभाको अध्यक्षता नेता चन्द्रहरि सुवेदी र सञ्चालन नेता केशबहादर परियारले गरेका थिए ।

कार्यक्रममा अधिकारीकी जीवनसाथी राधिका अधिकारी, जेष्ठ छोरा तथा पार्टी केन्द्रिय सदस्य नारायण अधिकारी, छोरा उज्वल अधिकारी, बुहारीहरु शुशिला थापा अधिकारी, शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष सीपी गजुरेल, छोरा नारायण अधिकारी, प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमान, नेकपाका झलकपाणि तिवारी, राष्ट्रिय जनमोर्चाका शंकर बराल, मालेका टेकनाथा भण्डारी, समाजवादी पार्टी नेपालका टिकाराम पौडेल, साँस्कृतिक रुपान्तरण अभियानका पूर्ण गिरी, वामपन्थी नेता टेकनाथ बराल लगायतका नेताहरुले श्रद्धाञ्जली मन्तव्य राखेका थिए भने वामपन्थी नेता भक्ति लामिछानेले नेता अधिकारीको जीवनीवृत्तबारे चर्चा गरेका थिए ।

कार्यक्रममा प्राध्यापक, साहित्यकार, कलाकार लगायत क्रान्तिकारी माओवादी लगायत अन्य वामपन्थी पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।