पत्रकार शर्मालाई पितृशोक

568
views

पर्वत, १३ जेठ । लामो समयदेखी सञ्चार क्षेत्र लगायत विभिन्न संस्थामा क्रियाशिल भवानी प्रसाद शर्मालाई पितृशोक परेको छ । शर्माका बुबा चन्द्र प्रसाद पाध्याको ७४ बर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचापका कारण पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराएका पाध्याको शुक्रबार अस्पतालमा निधन भएको थियो । २००१ सालमा जन्मिनुभएका पाध्या २०२७ साल र २०३८ सालमा गरी दुईपटक तात्कालिन कार्कीनेटा गाउँ पञ्चायतको उपप्रधान समेत हुनुभएको थियो । २०३८ पछि स्याङजा जिल्ला अन्र्तगतको जिमुवाल र मुखिया पदमा रहि काम गर्नुभएका स्वर्गिय पाध्या ज्योतिष शास्त्र, धर्मशास्त्रमा दख्खल हुनुहुन्थ्यो भने तात्कालिन समय अनुसार झारफुकका साथै जडिबुटीका औषधीहरु बनाएर बिरामीहरुको उपचार समेत गर्ने गरेको स्थानीयको भनाई छ । कला र संगित क्षेत्रमा पूर्ण ज्ञान भएका पाध्याले आफ्नो सम्पूर्ण जीवन सामाजिक क्षेत्रमै व्यतित गर्नुृभएको थियो । २०७४ साल जेठ १२ गते निधन हुनभएका स्वर्गिय चन्द्रप्रसाद पाध्याका तीन छोरा र एक छोरी छन् । पाध्याको शनिवार कालिगण्डकी घाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।