नेपाललाई १९२ रनको चुनौती

644
views

काठमाडौं, १२, साउन । आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत आइतबारको अन्तिम खेलमा नेपाललाई सिंगापुरले १९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

 

आजको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो । सिडगापुरले छ विकेटको क्षतिमा १९१ रन बनाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै मैदान उतारेको छ ।

नेपाल पराजित भए विश्वकप खेल्ने सपना अपुरो हुने छ । आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ ।