भिसिटीएस प्रणालीमा व्यवसायीको आर्कषण बढ्यो

690
views

काठमाडौँ । सरकारले सुरु गरेको ‘भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) प्रणालीमा व्यवसायीको आकर्षण बढेको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रणाली सुरु भएको केहि दिनमै १८ हजार ५ सय ३८ व्यवसायी प्रणालीमा आवद्ध भएका छन् । सुरुमा प्रणालीको विरोध गर्ने व्यवसायिहरुपनि समाहित भएका छन् ।

हालसम्म ५ हजार ९ सय ९५ वटा उद्योग, ६ हजार २ सय १९ ट्रेडर्स, ३ हजार ४५ आयातकर्ता, १४ सय ३ होलसेलर रहेका छन् । त्यस्तै ट्रान्सपोर्ट ७ सय २४, कस्टम ऐजेन्ट ५ सय ९४ र अन्य ४ सय ८५ वटा समाहित भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । प्रणालीमा आवद्ध नहुनेलाई १ रुपैयाँदेखि ५० हजार जरिवाना गरिने छ ।