प्रधानन्यायधीश माथिको महाभियोग प्रस्ताव फिर्ता लिने सरकारको निर्णय

544
views

काठमाडौं, १३, जेठ । सरकारले प्रधानन्यायधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ । शनिबार बसेको मुख्य ३ दलको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता जनाउनुभएको बैठकमा सहभागी एमालेका नेता माधव कुमार नेपालले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्रीले चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
वैठकमा प्रधानमन्त्रीले टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने निर्णय नगरेको भन्दै दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको प्रतिबद्धतासँगै नेकपा एमालेले संसदको अवरोध हटाउने जनाएको छ । शीर्ष नेताको बैठक अझै चलिरहेको छ ।