लक्षित समुदायका महिलाहरु व्यावसायिक तरकारी खेतीमा

1350
views

महेश सिंह महतो
श्रावण २३, सिरहा । लटरम्म फलेको घिरौला, भिण्डी, करेला जस्ता तरकारी लहलहाउँदो छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ का किसानले मनै लोभ्याउने गरी व्यावसायिक तरकारी खेती गरेका छन् ।

सेभ द चिल्ड्रेनको सहयोग र सवल नेपालको आयोजनामा समुन्नति परियोजना अन्तर्गत राधाकृष्ण कृषक समुह सुरुङ्गा नगरपालिका वडा नं. ७ चकदहका लक्षित वर्ग समुदायका महिलाहरु व्यवसायिक तरकारी खेतीमा जुटेका हुन ।

समुहका १८ जना सदस्यले डेढ बिगाहा जमिनमा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारीक जीवनस्तरमा सुधार भएको समुहकी अध्यक्ष राजबत्ती देवी कामैत बताउँछिन् ।

‘समुहका किसानहरुले करिब डेढ बिगाहामा तरकारी खेती गर्दा मासिक रुपमा एकजना किसानले २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । दुई वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी समुहकी सचिव सचिन कुमारी चौधरी भन्छिन् ‘तरकाी व्यवसाय र आम्दानीबाट निकै सन्तुष्ट छु ।’

लहान, कदमाहा, कुशहा, लगायतका नजिकको बजार रहेका करणले बजारीकरणको खासै समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरी बताउँछिन् ।

समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी, गैरसरकारी सहयोग पनि पाउन थालेको समुहकी सदस्य जनकी चौधरीको भनाई छ ।

संस्थाबाट समय समयमा बीऊबिजन, उपकरण, सिँचाइ सुविधालगायत प्राविधिक सहयोग भएको छ’,चौधरीको भनाई छ ।’

यसैबिच कार्यक्रमको स्थलगत अनुगमन गर्ने क्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीले समुहलाई आगाडी बढाउन नगरपालिकाको सहयोग हुने गर्ने प्रतिबद्धता जनाएका छन् ।