नारायणी नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

1467
views

नवलपरासीपूर्व । नारायणी नदीमा हामफालेकी एक महिलाको जीवितै उद्धार गरिएपनि दुई बालबालिकाको भने मृत्यु भएको छ । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेपछि दुई बालबालिकाको मृत्यु भएको हो ।

नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको हो ।

२४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

राधाका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।