ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

531
views

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गएराति ट्रकले ठक्कर दिंदा एक भारतीय नागरिकको मृत्यु भएको छ । पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ४९६६ नंको ट्रकले सडकमा हिंडिरहेका भारतीय नागरिकलाई ठक्कर दिएको हो ।

उनको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौं लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।