‘मैना आलीमा’

843
views

पर्वत । पछिल्लो क्रममा उद्यमान गायकको रुपमा परिचित नवराज अधिकारीको तिजको कोसेली ‘मैना आलीमा’ बजारमा आएको छ । जग्गा व्यापारी, जोगी बनायो, डाईभर र साहुनी जस्ता सुपरहिट तीज गीत बजारमा ल्याएर चर्चा कमाएका अधिकारीका दर्जनौँ गीतले दर्शक श्रोताको मन जित्न सफल भएका छन् ।

हाईलाईट्स नेपालको बजार व्यवस्थापनमा नवराज अधिकारीको लय तथा शब्द सृजनामा नवराज अधिकारी र दुर्गा क्षेत्रीको आवाज रहेको सो गीतमा तारानाथ आचार्यको संगीत, सुवास सुवेदीको निर्देशनले गर्दा पनि भिडियो उत्कृष्ठ बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । मौलिक र यथार्थ परक गीत गाउन रुचााउने अधिकारी विगत डेढ दशक देखि गीत संगीतमा लागी परेका छन् ।

प्रत्यक्ष दोहोरीमा समेत आफुलाई अब्बल सावित गराउन सफल आफ्नैलय तथा शब्द सृजनामा गीत गाउने कलाकारको रुपमा समेत अधिकारी परिचत रहेका छन् । अन्य गीतमा जसरी दर्शक श्रोताको माया पाएका थिए यस गीतले पनि दर्शक श्रोताको माया पाउनेमा आफु आशावादी रहेको गायकको दाबी छ ।