आज विश्व आदिवासी जनजाति दिवस

2032
views

काठमाडौं । सात हजारभन्दा बढी भाषा, पाँच हजार फरक संस्कृति र तीन अर्ब ७० करोड आदिवासी जनजातिको २५ औं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रममा साथ मनाइदै छ । संयुक्त राष्ट्रसंघको आब्हानमा अगष्ट नौ मा यो दिवस मनाउने गरिन्छ । यो बर्ष राष्ट्रसंघले दिवसका लागि ‘आदिवासीका भाषा’ नारा तय गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघले भने आन्दोलनको रुपमा दिवस मनाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ९० वटा देशमा तीन अर्ब ७० करोड आदिवासी जनजाति बसोबास गर्छन् ।

दुई हजार अठसठ्ठी सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको जनसंख्या ९४ लाख ८७ हजार रहेको छ ।